१३ फाल्गुण २०८२, बुधबार

अघिल्लो पटक संख्या कम भएकोले जनताको मुद्दा स्थापित गर्न सकिएन : रबि लामिछाने

कान्छो खवर । मंगलबार, फाल्गुण १२, २०८२

गाईघाट  १२  फागुन  ।

रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अघिल्लो पटक जनताको मुद्दा सम्बोधन गर्न संख्या नपुगेर नसकेको बताएका छन् ।

उनले मंगलबार गाईघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बिगतमा संख्याको आधारमा कम भए पनि संसदमा जोडदार रूपमा जनताको आबाज उठाउने काम गरेको बताए ।

उनले अब चारैतिर घण्टीमय भएको हेर्न चाहेको र संसदमा घण्टीका उमेदवारलाई जिताएर पठाउन आग्रह गरेका छन् । उनले अब हाम्रो मान्छे , हाम्रो ठेकेदार र कुना भत्सर्ना केन्द्र नबनाइने प्रतिबद्धता जनाएका छन् ।

अब संसद पुगेको पहिलो दिन मै भर्ती केन्द्र खारेज गरेर राम्रो र सक्षम ब्यक्तिलाई अबसर दिने उनले बताए । जिताएर  पठाउने जिम्मा तपाईंको इमानदार पुर्बक काम गर्ने जिम्मेवारी आफुहरुको रहेको उनले बताए ।

दिउसो ४ को लागि तोकिएको कार्यक्रममा लामिछाने बेलुकी ६ बजे कार्यक्रम स्थलमा आइपुगेको थिए ।  कार्यक्रमकोलागि तयारी गरेको मंचमा नचडीकनै ऊनले मन्च  अगाडि गाडी भित्र देखि नै उभिएर जम्मा पाच मिनेट भाषण गरेका थिए ।

लामिछाने इटहरीको कार्यक्रम सकेर उदयपुरको रामपुर , बेलटार बजारमा समेत सम्बोधन गरेका थिए । उनी अहिले राति कटारी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यस तर्फ लागेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्