कान्छो खवर । मंगलबार, फाल्गुण १२, २०८२
साभार : सिला पत्र
गाईघाट १२ फागुन ।
उदयपुर बेलकाका एक ब्यक्तिले अमेरिकामा आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । उनले सोमबार बिहान छोरी ज्वाइँ बस्दै आएको भर्जिनिया पर्सिमोन ड्राइभस्थित आफनै निवासमा बिहान ५.१५ बजेको समयमा धारिलो हतियार प्रयोग गरेर उनिहरुको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।
हत्या गर्ने ब्यक्ति उदयपुर रामपुरका ५० बर्षिय मिलन भनिने छत्रबहादुर थापा हुन । ऊनी छोरी ज्वाइले बोलाएर दशै पछी अमेरिका गएका हुन् ।उनले प्रहार गरेको धारिलो हतियारले श्रीमती बिन्दा र छोरी ममताको घटना स्थान मै ज्यान गएको थियोे ।
ससुरा थापाले ज्वाइँ ३५ बर्षिय सन्तोषकुमार बस्नेतलाई समेत आक्रमण गरि घाइते तुल्याएका छन् । घर बाहिर रहेका बस्नेतले होहल्लाको आबाज सुनेर तत्काल प्रहरीलाई खबर गरि कोठा भित्र प्ररवेश गरेका थिए । कोठा पस्ने बितिकै उनी माथि थापाले आक्रमण गरेको थियो ।
घटना स्थान पुगेका प्रहरीले थापालाई हतियार फ्याक्न भने पनि उनले ज्वाइँ माथि निरन्तर प्रहार गरिएकोले प्रहरीले नियन्त्रणकोलागि थापालाई गोलि हानेको थियोे । गोलि लागेर थापाको पनि घटना स्थल मै मृत्यु भएको समाचारमा जनाइएको छ ।
अमेरिकी प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको छ ।उक्त घटना किन र कसरी भयो भन्ने बारे नेपालमा रहेका आफन्तहरु समेत अचम्मित भएको बेलका नगरपालिकाका मेयर असोक कार्कीले बताए ।
छोरी ज्वाईले बोलाएकोले उनी दशै लगत्तै अमेरिका गएका रहेछन् , मेयर कार्कीले भने । मानसिक रूपमा ठिक रहेका थापाले किन श्रीमती र छोरीको हत्या गर्यो भन्ने बारे प्रहरी अनुसन्धान पछी खुल्ने उनले बताए ।
घाइते ज्वाइको अहिले अमेरिकी अस्पतालमा उपचार भैरहेको छ ।