कान्छो खवर । सोमबार, फाल्गुण ११, २०८२
गाईघाट ११ फागुन ।
रास्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने मंगलबार गाईघाट आउने भएका छन् । सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गरि लामिछाने दिउसो ३ बजे गाईघाट आउने कार्यक्रम रहेको रास्वपा उदयपुरका अध्यक्ष चित्र कार्कीले बताए ।
उनले गाईघाटको पिजि चौकस्थित पार्टीको चुनावी सम्पर्क कार्यालयमा आएर लामिछानेले कार्यकर्ता , उमेदवार र सुभचिन्तक संघ झन्डै १ घन्टा भेटघाट गर्ने कार्यक्रम रहेकोे बताए ।
उनले सम्पर्क कार्यालयमा आएका सुभचिन्तक संघ रास्वपाका उमेदवारलाई घण्टी छापमा मतदान गरेर निर्वाचनमा बिजय गराउन आग्रह गर्दै चुनावी गतिविधिको बारेमा रास्वपा नेता , कार्यकर्ता संग जानकारी लिने कार्यक्रम रहेको कार्कीले बताए ।
लामिछाने आउने कार्यक्रम तय भए पछी पार्टीले उनको स्वागतको लागि भोलि सबै नेता , कार्यकर्तालाई उपस्थिति हुन निर्देशन गरेको छ । लामिछाने भोलि नै सडक मार्ग हुदै काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।