कान्छो खवर । सोमबार, फाल्गुण ११, २०८२
गाईघाट ११ फागुन ।
मदन भण्डारी लोकमार्गको अधेरीमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । ५ को अवस्था गम्भीर रहेको छ ।
कटारी देखि बिहान १०.३० बजे गाईघाटकोलागि छुटेको बा २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दिउसो ११.३० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सधैं चलाइरहेको चालकको सट्टामा अर्को चालकले बस चलाएर आउदै गर्दा ओरालोमा बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हिमाली बस ब्याबसायी संघ उदयपुरका सदस्य काशी कार्कीले बताए ।
नंया चालकले बाटोको अन्दाज गर्न नसक्दा उक्त दुर्घटना भएको उनले बताए । दुर्घटना स्थान ओरालो र घुमाउरो भएको कारण चालकले अगाडि केहि पत्तो नपाएको र एकासी ब्रेक लगाउदा गाडी अनियंत्रित भै सडक देखि तल खसेको उनले बताए ।
गाडीका चालक , कण्डक्टर सहित १२ जना घाइते सबैको जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा गम्भीर घाइते चार जनालाई बिराटनगर रेफर गरिएको अस्पतालका चिकित्सक डाक्टर निर्मला चौधरीले बताइन् ।