११ फाल्गुण २०८२, सोमबार

१३ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

कान्छो खवर । आइतबार, फाल्गुण १०, २०८२

गाईघाट   १०  फागुन  ।

खोटाङमा छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । आफनै डेरामा बोलाएर होमवर्क सिकाई दिने भन्दै  सनिवार दिउसो १३ बर्षीया छात्रालाई बलात्कार गरेको उजुरीको आधारमा सोलुखुम्बु घर भै  दिक्तेल इङलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत  शिक्षक टेकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार पछी शिक्षक खत्रीले पीडित छात्रालाई तीन घन्टा कोठामा थुनेर राखेको पीडितका आफन्तको भनाइ उधृत गर्दै खोटाङ प्रहरीले जनाएको छ । आफन्तले बालिका बलात्कार भएको जानकारी पाउन साथ घटना स्थल पुगेर प्रहरीलाई जानकारी गराए लगत्तै साज उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

पीडित बालिकालाई स्वास्थ परिक्षणको लागि जिल्ला  अस्पताल दिक्तेल  लगिएको छ । भने आरोपित शिक्षकलाई आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको मिश्रले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्