कान्छो खवर । बुधबार, फाल्गुण ०६, २०८२
गाईघाट ६ फागुन ।
नेपाली सेना सवार बस बुधबार दिउसो भोजपुरमा दुर्घटना हुदा २३ जना सेनाका जवानहरु घाइते भएका छन् ।
निर्वाचन स्थानको स्थलगत अनुगमन गरेर फर्कदै गरेको बा.४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका र टेम्के मैचुङ गाउपालिकाको सिमा नजीक गुप्तेस्वर नाम्ताङमा दिउसो ब्रेक फेल भएर सडक देखि झन्डै ५ मिटर तल खस्दा २३ जना सैनिक घाइते भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।
दुर्घटनामा गम्भीर घाइते ८ जना सैनिकलाई थप उपचारकालागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको र अन्य घाइतेको भोजपुर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्