०५ फाल्गुण २०८२, मंगलबार

०५ फाल्गुण २०८२, मंगलबार

नेपाल कम्युनिस्ट पार्टीका उमेदवार बलदेव चौधरीले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

कान्छो खवर । सोमबार, फाल्गुण ०४, २०८२

गाईघाट  ४  फागुन  ।

नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उमेदवार बनेका बलदेव चौधरीले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

बेल्टार बजारमा दिउसो आयोजित पत्रकार सम्मेलन मार्फत उनले चुनावी प्रतिबद्धता पत्र जारी गरेका हुन् । समृद्ध उदयपुर , सुखी जनताक निमित्त बेलका नगरपालिकालाई कृषि तथा पर्यटन , चौदण्डिगढी नगरपालिकालाई औद्योगिक र त्रियुगा नगरपालिकालाई शैक्षिक हबको रूपमा अघि सार्ने मुल प्रतिबद्धताका साथ ” बिकासको आधार :पुर्बाधार , कृषि र स्वरोजगार ” को नारालाई अघि सारेका छन् ।

मैले चुनावी बाचा मात्र होइन काम गर्ने बाचा सहित यो प्रतिबद्धता पत्र जारी गरेको उल्लेख गरेका छन् । उनको प्रतिबद्धता पत्रमा हाल निर्माण भैरहेको एसियन हाईवेलाई जिल्लाको तपेस्वरी हुदै लाने कार्यको पहल गरिने उल्लेख छ ।

आफ्नो क्षेत्रमा ग्रामीण सडक , पुलपुलेसा , कोशी करिडोरको सडक निर्माण , सिचाइलाई पहिलो प्राथमिकतामा राखेर बिकास निर्माणकार्यलाई तीव्रता दिने प्रतिबद्धता चौधरीले गरेका छन् ।

गाईघाटको जोगिदहमा रहेको प्रस्तावित सगरमाथा बिमानस्थानको काम अघि बढाउने उनले उल्लेख गरेका छन् ।

पुर्बाधार र यातायात , कृषि र सिचाइ , पर्यटन प्रबर्द्धन , शिक्षा र स्वास्थ ,सुशासन र युबा स्वरोजगार , बिपद ब्यबस्थापन र बाताबरण , भुमिहिन , सुकुम्बासी र अव्यवस्थित बसोबासको हितमा पुर्जा वितरण , उधोग गैरसरकारी तथा बित्तिय सस्था र युबा तथा खेलकुदमा बढी जोड दिएको प्रतिबद्धता पत्रमा उल्लेख  छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्