कान्छो खवर । शुक्रबार, फाल्गुण ०१, २०८२
गाईघाट १ फागुन ।
कार्य सम्पादनमा उदयपुरको आठ स्थानिय तह मध्य कटारी नगरपालिका शिर्ष स्थानमा रहेको छ । रास्ट्रीय प्राकृतिक स्रोत तथा बित्त आयोगको मुल्यांकनमा कटारीले पहिलो स्थान हासिल गरेको हो ।
कटारीले कुल ७१.४६ प्रतिशत अङ्क ल्याएर पहिलो हुदा उदयपुरगढी गाउपालिका दोस्रो भएको छ । गढीले कुल ६७.७९ अङ्क ल्याएको छ ।त्यसै गरि ६४.०९ प्रतिशत अङ्क ल्याएर रौतामाई गाउपालिका तेस्रो हुदा ताप्ली गापाले ६३.३६ अङ्क ल्याएर चौथो भएको छ ।
बेलका नपा ५३ प्रतिशत अङ्कको साथ पाँचौ , लिम्चुङ्बुङ गापाले ५२.५६ प्रतिशत अङ्कको साथ छैठो , त्रियुगा ५०.३५ प्रतिशत अङ्क सहित सातौं र ४९.२८ प्रतिशत अङ्क सहित चौदण्डीगढी नगरपालिका पुछारमा रहेकोे छ ।
प्रत्येक बर्ष स्थानिय तहले गर्ने खर्च , राजस्व संकलन , बजेट ब्यबस्थापन र सेवा प्रबाहका आधारमा यो मुल्यांकन गर्ने गर्दछ ।