कान्छो खवर । शुक्रबार, फाल्गुण ०१, २०८२
फोटो : चिसाङ शेर्पा ।
गाईघाट १ फागुन ।
खोटाङमा एक ब्यक्तिले आफैले आफुलाई छुरा प्रहार गरि आत्महत्याको प्रयास गरेका छन् ।
शुक्रबार बिहान ४.३० बजेको समयमा भएको उक्त घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला हाबुका ५४ बर्षिय मकरचन्द्र राई गम्भीर रूपमा घाइते भएको खोटाङ प्रहरीले जनाएको छ ।
उनले घरायसी विवादमा आफै आफ्नो पेटमा छुरा प्रहार गरेका थिए ।छुरा प्रहार बाट गम्भीर घाइते राईलाई थप उपचारकोलागि हेलिकप्टर बाट काठमाडौ लगिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्