०१ फाल्गुण २०८२, शुक्रबार

जिल्ला उधोग बाणिज्य संघको ४ औं स्थापन दिबसमा कान्छो खबर अनलाइन पत्रीकाका अध्यक्ष सहित उधमी ब्यापारी सम्मानित

कान्छो खवर । बिहिबार, माघ ३०, २०८२

गाईघाट  २९  माघ ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको ४ औं स्थापना दिबसको अबसरमा कान्छो खवर अनलाइन पत्रीकाका अध्यक्ष श्याम राई सहित विभिन्न क्षेत्रमा कृयाशिल समाजसेवी , ब्यापारी र उधमीहरु सम्मानित भएका छन् ।

लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयाशिल राईले पत्रकारिताको माध्यम बाट समाजमा पुर्याउदै आएको योगदानको कदर गर्दै संघले उनलाई संमान गरेको संमान कार्यक्रममा जानकारी गराईएको थियोे ।

त्यसै गरि पत्रकार देबराज राई , बिरसबाबु शाही , सैन्धोज

दनुवार , नेशनल लाईफ इन्स्योरेन्स गाईघाटका सिनियर एजेन्सि  म्यानेजर  सुबोध ठाकुर , दिनेश साह , मेघराज थापा , फिरन खड्का , महिला उधमी नगेन्द्रकुमारी  खत्री  , अनमोल ज्वलर्सका प्रोपाईटर अर्जुन ठाकुर सहितका ब्यापारी उधमीहरु सम्मानित भएका छन् । सम्मानित ब्याक्तित्वहरुलाई माला र दोसल्ला ओढाएर संमान गरिएको थियोे

दोस्रो उदयपुर महोत्सव भैरहेको स्थानमा बुधबार बाणिज्य संघले आयोजना गरेको संमान कार्यक्रम केक काटेर स्थापना दिबस मनाइएको हो ।

संघका अध्यक्ष गजेन्द्र भगत सहितको पदाधिकारी , सम्मानित ब्याक्तित्व र संघका पुर्ब पदाधिकारीहरुले संयुक्त रूपमा केक काटेर स्थापना दिबस मनाएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्