कान्छो खवर । सोमबार, माघ २७, २०८२
महासचिव राईले पत्रकार सम्मेलनमा वितरण गरेको टाईसिट
गाईघाट २६ माघ ।
एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता सुरु हुने समय तालिकाको मिति फरकफरक आए पछी अहिले स्थानिय खेलप्रेमी अन्योलमा परेका छन् ।
गाईघाटस्थित थरुहट रंगशालामा हुन लागेको उक्त प्रतियोगिता बारे एन्फा महासचिव किरण राईले माघ २२ गते गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता फागुन १ गते देखि ९ फागुन सम्म हुने बताएका थिए ।उनले खेल हुने समय र टिमको टाइसिट समेत पत्रकार सम्मेलनमा वितरण गरेका थिए ।
तर सोमबार एन्फाले काठमाडौमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता फागुन ९ देखि २१ गते सम्म हुने जानकारी गराएको छ ।एन्फाले सार्वजनिक गरेको उक्त समय तालिका र महासचिव राईले गरेको टाइसिट सहित फागुन १ देखि सुरु हुने दिएको समय तालिका कुन आधिकारिक हो भन्ने बारे केही खुलाइएको छैन ।
एन्फाको आजको पत्रकार सम्मेलनले नंया मिति घोषणा पछी पनि महासचिव राईको कुनै आधिकारिक धारणा सार्बजनिक भएको छैन ।अब एन्फाले तोकेको मितिमा हुने कि महासचिव राईले उल्लेख गरेको मितिमा एन्फा महिला च्याम्पियनसिप प्रतियोगिता हुने , अहिले खेलप्रेमीमा कौतुल्ता छाएको च ।
एन्फा महासचिव भए पछी राईले पहिलो पटक आफ्नो गृह नगर गाईघाटमा उक्त प्रतियोगिता गर्न लागेका हुन । उनको कारण राजधानीमा हुने उक्त प्रतियोगिता उदयपुरमा हुन लागेको हो ।
रास्ट्रीय स्तरको दस महिला क्लबको सहभागिता रहने उक्त प्रतियोगितामा बिजेता टिमले ७ लाख ५० हजार र उपबिजेताले ५ लाख नगद सहित ट्रफी पाउने छन् । उक्त प्रतियोगिता सन्चालनको जिम्मा जिल्ला फुटबल संघ उदयपुरको रहेको छ ।