२५ माघ २०८२, शनिबार

दोस्रो उदयपुर महोत्सव आज सुरु , पर्यटन मन्त्री द्वारा महोत्सवको उद्घाटन

कान्छो खवर । शुक्रबार, माघ २४, २०८२

गाईघाट  २३  माघ  ।

कृषि , बन , पर्यटन , शिक्षा ,कला , सस्कृती , उधोग , ब्यापार : उदयपुरको पहिचान , समृद्धिको आधार भन्ने मुल नाराका साथ आज बाट दोस्रो उदयपुर महोत्सव सुरु भएको छ ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा फागुन  ८ गते सम्म त्रियुगा नदि किनारमा सन्चालन हुने महोत्सवको शुक्रबार कोशी प्रदेश सरकारका पर्यटन , बन तथा बाताबरण मन्त्री भिमप्रसाद पराजुलीले गरेका छन् ।

उनले महोत्सव उद्घाटन गर्दै ब्यापार ब्याबसायको प्रबर्द्धनमा मेला महोत्सवको भुमिका निकै अहम रहने हुदा ब्यापारीक प्रतिस्ठानबाट यस्ता कार्यक्रम निरन्तर रूपमा भैरहनु पर्ने बताए ।

ब्यापार , ब्याबसाय जति धेरै चलायमान हुन सक्यो त्यति धेरै आर्थिक समृद्धि हुदै जाने हुँदा यस्ता कार्यक्रमलाई निरंतरता दिन सकेमा ब्यापारीक प्रतिस्ठानले सरकारको मुख ताकि राख्नु नपर्ने उनले बताए ।

उनले कोशी प्रदेश भरी नै प्रदेश सरकारले बार्षिक कार्यक्रम बनाएर आर्थिक बिकासमा सहयोग पुग्योस भन्ने उदेश्यले मेला महोत्सवमा आर्थिक सहयोग गर्दै आएको बताए ।

कोशी प्रदेश उपसभामुख सृजना दनुवारले जिल्लामा बर्सेनि आयोजना हुने मेला महोत्सवले जिल्लाको ब्यापार ब्याबसायमा टेवा पुर्याउने गरेको बताइन् । जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रम त्रियुगा नगरपालिकाकि उपमेयर महेश्वरी राईले समेत शुभकामना मन्तब्य व्यक्त गरेकी छिन ।

यहाँ कमेन्ट गर्नुहोस्