कान्छो खवर । शुक्रबार, माघ २४, २०८२
गाईघाट २३ माघ ।
माघ २५ गते सोमबार देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस विरुद्धको खोप जिल्ला भरीका कक्षा ६ मा पढ्ने र बिध्यालय बाहिर रहेका १० बर्ष उमेर समुहका किशोरीलाई लगाइने जिल्ला स्वास्थ कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयले शुक्रबार आयोजना गरेको बिध्यालय केन्द्रित एचपिभी खोप सन्चालन तथा पुर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रम सम्बन्धि खोप समन्वय समिति सञ्चारकर्मी र सरोकारवाला संग अन्तरकृया कार्यक्रममा जानकारी गराइयो ।
सरकारले गत बर्ष छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ बर्ष देखि १४ बर्षका बिध्यालय बाहिर रहेका किशोरीलाई सोही अभियान अन्तरगत पाठेघर विरुद्धको खोप लगाउने छ ।
खोप अभियान अन्तरगत जिल्ला भरी गत बर्ष छुटेका २ सय ९३ सहित ३ हजार ८ सय ४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने जानकारी कार्यक्रममा खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए ।
उनले जिल्लाको आठ वटा स्थानिय तहमा रहेका सामुदायिक बिध्यालय २०४ र ८२ सस्थागत जम्मा २८७ बिद्यालयका किशोरीलाई खोप लगाइने निरौलाले बताए । यसको लागि ३४९ वटा खोप केन्द्र तोकिएको छ भने ३६३ जना खोप दिने स्वास्थकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिने उनले बताए ।
उनले विभिन्न गाउपालिका तथा नगरपालिकामा विभिन्न समय तोकिएको बताए । खोप अभियान फागुन १ गते सम्म सन्चालन हुने छ ।