कान्छो खवर । बिहिबार, माघ २३, २०८२
गाईघाट २२ माघ ।
चुनावी प्रचारप्रसारको क्रममा शुक्रबार उदयपुर आएका रास्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जलजलेस्थित उदयपुर सिमेन्ट उधोगको समेत अबलोकन गरेका छन् ।

रास्वपा उदयपुर क्षेत्र नम्बर २ का उमेदवार संग कटारी बजारमा भेटघाट गर्दै साह
बिहान गाईघाट बजार आइपुगेको उनले बिजि चोकस्थित पार्टीको चुनावी प्रचारप्रसार कार्यालय पुगि घण्टी बजाएर निस्किएर सिधै उदयपुर सिमेन्ट उधोग पुगेका थिए । उनले उद्योगको गेट अगाडि फोटो समेत खिचेर सामाजिक सन्जालमा पोस्ट गरेका छन् ।
संजालमा उनले रोजगारी र आय आर्जनका लागि उधोगहरु मेरुदण्ड भएकोले राज्यले यसको संरक्षण गर्नुपर्ने लेखेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्