कान्छो खवर । बिहिबार, माघ २३, २०८२
गाईघाट २२ माघ ।
दोस्रो उदयपुर एक्स्पो २०८२ शुक्रबार त्रियुगा नदि किनारमा सुरु हुदै छ ।कोशी प्रदेशका पर्यटन मन्त्री भिमप्रसाद पराजुलीले बिहान १० बजे उद्घाटन गर्ने उक्त महोत्सवको सबै तयारी पूरा भएको अध्यक्ष गजेन्द्र भगतले बताए ।
कृषि ,बन, , पर्यटन ,सस्कृती , उधोग , ब्यापार : उदयपुरको पहिचान , समृद्धिको आधार भन्ने मुल नाराको साथ जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा हुने महोत्सव फागुन ८ गते सम्म संचालन हुने छ ।
विभिन्न कार्यक्रम साथ आयोजना गरिने महोत्सवमा नेपालमा पहिलोपटक बलिउड मेगास्टार बिनोद राठौरको प्रस्तुति रहने अध्यक्ष भगतले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्