२२ माघ २०८२, बुधबार

२२ माघ २०८२, बुधबार

बनिसकेका धनीपुर्जा लिन पनि नापीप्रमुखलाई घुस खुवाउनु पर्ने, पीडित सेवाग्राही मारमा

कान्छो खवर । मंगलबार, माघ २१, २०८२

गाईघाट  २०  माघ ।

गाउब्लकको जग्गाको बनिसकेको  धनीपुर्जा लिन जाने  सेवाग्राही संग नापी कार्यालय उदयपुरका प्रमुखले घुस मागेको आरोप लागेको छ ।

२०७१ सालमा नापी कार्यालय उदयपुरबाट खटिएको नापी टोलिले गाउँ ब्लकको जग्गा नापजाँच गरेर वितरण गर्न  बाकी रहेको  धनीपुर्जा लिन जाने सेवागाग्री संग नापी प्रमुख चन्दनप्रसाद दासले घुस मागेको पीडितहरुले बताएका छन् ।

नापी टोलिले नापजाँच गरेर गाउब्लकको धेरै धनीपुर्जा तत्काल बितरण गरेको भए पनि बेलका नगरपालिका ३ साबिक रामपुर ठोक्सिला  गाउपालिका ५ ख को गाउब्लकको बनिसकेको ९ घर परिबारको जग्गा धनीपुर्जा लिन प्रती पुर्जा १५ हजार रुपैया माग गरिएको छ ।

बिगत ३, ४ दिन देखि पुर्जा लिन पीडितहरु कार्यालय आउने गरिरहेका छन् तर उनिहरुले बनिसकेको पुर्जा पैसा नदिएको कारण पाउन सकेका छैनन् । प्रमुख दास सहित नापी सर्बेक्षक नितिस कुमार यादव र अमिन सत्यनारायण साहले पीडित सेवागाग्री संग पैसा माथिल्लो निकायमा पठाउनु पर्ने भएकोले पैसा नदिए पुर्जा दिन नमिल्ने जवाफ दिने गरेका छन् ।

एक पीडितले पैसा बुझाउन नसकेको कारण एक दसक अघि बनिसकेको पुर्जा आफुले नपाएको बताए ।त्यतिबेला विभिन्न कारणले पुर्जा लिन सकिन , अहिले लिन जादा धुस खुवाउनु पर्ने । पीडित ति सेवाग्राहीले नाम उल्लेख नगरी दिने सर्तमा भने ।

बेलका ३ को चौधरी बस्तीमा ९ घर परिबारको गाउब्लकमा नापी भएर बनेको धनीपुर्जामा ६ धुर देखि १ कठ्ठा सम्म रहेको छ । आर्थिक रूपमा बिपन्न रहेका पीडित परिबारले कर्मचारीको माग बमोजिम रकम बुझाउन सक्ने हैसियत नरहेको गाउले लल्कु चौधरीले बताए ।

आरोपित नापी प्रमुख दास सग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यहाँ कमेन्ट गर्नुहोस्