१९ माघ २०८२, आइतबार

१९ माघ २०८२, आइतबार

प्रहरी द्वारा झन्डै ९० लाख मुल्य बराबरको ५७९ केजी गाजा जलाएर नस्ट , नस्ट गरिएको गाजा विभिन्न समयमा बरामद

कान्छो खबर शनिबार, माघ १८, २०८२

गाईघाट  १७  माघ  ।

विभिन्न समयमा बेवारिसे अबस्थामा बरामद भएको झन्डै ९० लाख मुल्य बराबरको ५७९ केजी गाजा सनिवार नस्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका ८ स्थित सप्तकोशी किनारमा २१ बोरा गाजा नस्ट गरेको हो । भोजपुर , संखुवासभा र धनकुटा जिल्ला देखि ल्याइएको उक्त गाजा भारत तर्फ निर्यात गर्न कोशी किनारमा लुकाएर राखिएको अबस्थामा  प्रहरीले बरामद गरेको हो ।

प्रहरीले  जनप्रतिनिधि , स्थानिय बासिन्दा , सशस्त्र प्रहरीको उपस्थितिमा दिउसो उक्त गाजा नस्ट गरेको जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्