कान्छो खवर । शुक्रबार, माघ १७, २०८२
गाईघाट १६ माघ ।
कृषकलाई बितरण गर्नुपर्ने अनुदानको मल ब्यापारीलाई कालो बजारीमा बिक्रि गरेको आरोपमा एक सहकारीको बिक्री अनुमति खारेज गरिएको छ ।
कटारी नगरपालिका ४ स्थित दुर्गा भवानी सहकारी सस्थाको बिक्रि अनुमति खारेज भएको हो । सरकारले किसानको लागि अनुदानमा रासायनिक मल बिक्रिको लागि स्थानिय सहकारी सस्थाहरु मार्फत बिक्रि बितरण गर्दै आएको छ ।
बिहिवार साझ प्रहरीले सिन्धुलीको दुधौलीस्थित एक ब्यापारीको गोदाम बाट झन्डै २०० बोरा अनुदानको युरीया मल बरामद गरे पछी उक्त मल अनुदानको भएको र सहकारी सस्थाले कालो बजारीमा बिक्रि गरेको पुष्टि भएको कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले बताए ।
उनलेे वडा नम्बर १४ का किसानहरुको लागि अनुदानमा मल बिक्रि गर्न नगरपालिकाले दुर्गा भवानी सहकारीलाई सिफारिस गरेको बताए । उक्त सहकारीका सन्चालकले किसानलाई मल बिक्रि नगरी ब्यापारीलाई बढी कमिसन लिएर बिक्रि गरे पछी उक्त सहकारीको मल बिक्रीवितरण गर्ने अनुमति खारेर गरेर कारबाही प्रक्रिया सुरु गरिएको मेयर श्रेष्ठले बताए ।
किसानलाई बिक्रीवितरण गर्न लागिएको युरिया मल ब्यापारीको गोदाममा फेला परेको घटना पछी स्थानिय किसान संघर्ष समितिले आइतबार कटारी बजारमा बृहत किसान आन्दोलन गर्ने उक्त संघर्ष समितिका अध्यक्ष गणेश थापाले बताए ।