कान्छो खवर । बुधबार, माघ १५, २०८२
गाईघाट १४ माघ ।
उदयपुर जिल्लाको कृषि , उधोग , ब्यापार र पर्यटनलाई एउटै थलोमा जोड्ने साझा अभियान अन्तरगत माग २३ गते देखि फागुन ८ गते सम्म दोस्रो उदयपुर महोत्सव हुने भएको छ ।
जिल्ला उधोग बाणिज्य उदयपुरको आयोजना रहेकोे उक्त महोत्सवको सम्पुर्ण तयारी पुरा भै सकेको अध्यक्ष गजेन्द्र भगतले बताए । ” कृषि , बन, पर्यटन , शिक्षा , कला , सस्कृती , उधोग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार ” मुल नारा साथ भब्य रूपमा आयोजना हुन लागेको महोत्सवको मुख्य प्रायोजक अग्नि ईनकर्पोरेट प्रालि रहेको र प्रायोजकमा डलफिन पोलि प्लास्टिक प्रालि रहेको आयोजकले जनाएको छ ।
त्यसै गरि महोत्सवको सहप्रायोजकहरु शौर्य सिमेन्ट ,मिड भ्याली कलेज काठमाडौ , न्युरो अस्पताल बिराटनगर ,प्रभु ईन्सुरेन्स , म्याक्स टाईगर ईनर्जी ड्रीन्क , ब्ल्याक बयक , ग्लोबल आईएमई बैंक , गोर्खा ब्रुअरी , बजाज कम्पनी , कालिका ग्रुप , भिभो मोबाइल , सामसुङ मोबाइल र वर्डलिन्क ईन्टरनेट प्रालि रहेका छन् ।
महोत्सवको मुल उदेश्य उदयपुर जिल्लाको साथै कोशी प्रदेश भरीका कृषक , उधोगी , ब्याबसायी , सहकारी तथा महिला उधमीका उत्पादन प्रबर्द्धन गर्ने , कृषि घरेलु तथा साना उधोगका उत्पादनलाई बजार पहुँच र ब्रान्डिङ गर्ने , जिल्लाको पर्यटकिय , धार्मिक र सास्कृतिक स्थलहरुको प्रचारप्रसार गर्ने , स्थानिय रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा वृद्धि , युवा पुस्तामा उधमशील सोच , सीप र ब्यबहारिक ज्ञानको बिकास र स्थानिय सरकार , निजि क्षेत्र र समुदायबीच सहकार्यको प्लेटफर्म निर्माण गरिने रहेकोे छ ।
महोत्सवमा पहिलो पटक भारतीय मेगा स्टार बिनोद राठौरलाई ल्याउने तयारी भैरहेको अध्यक्ष भगतले बताए । महोत्सवमा कृषि तथा घरेलु उधोग प्रदर्शनी , महिला तथा युवा उधमीका स्टल , पर्यटन प्रबर्द्धन कक्ष , खाद्य परिकार क्षेत्र , शैक्षिक सामाग्री तथा शैक्षिक एबम साहित्यिक पुस्तकहरुको प्रदर्शनी , टिन डान्स , ट्यालेन्ट प्रतियोगिता , सुपर ममि डान्स प्रतियोगिता , ताजमहल एबम लण्डनबृज दृश्यको सेल्फी पार्क टावर , जलपरी मनोरञ्जन , चिल्ड्रेन पार्क , रसियन लेडि डान्स समाबेश गरिएको अध्यक्ष भगतले बताए ।
महोत्सव अबधि भर न्युरो अस्पताल बिराटनगर द्वारा निशुल्क स्वास्थ शिबिर संचालन गरिने छ ।आयोजकले मेलामा दैनिक २० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरेको छ ।