कान्छो खवर । सोमबार, माघ १३, २०८२
गाईघाट १२ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि परिचालन हुने निर्वाचन प्रहरीको अन्तिम नतिजा सोमबार प्रकाशन भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक सूचना प्रकाशित गर्दै उतिर्ण हुनेहरुको नाम सार्वजनिक गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि कुल १ हजार ६ सय २५ जना उतिर्ण भएको सूचनामा उल्लेख छ ।
निर्वाचन प्रहरीको अन्तिम नतिजा प्रकाशनमा नेपाल प्रहरी तर्फ उतिर्ण स संख्या १ हजार ४ सय ४६ र सशस्त्र प्रहरी तर्फ १ सय ७९ जना रहेका छन् । त्यसै गरि बैकल्पिक तर्फ १ सय ७४ जनाको नाम समेत प्रकाशित गरिएको निर्वाचन प्रहरी छनौट तथा नियुक्ति समितिले जनाएको छ ।
समितिले गत पौष ४ गते सूचना प्रकाशित गर्दै निर्वाचन प्रहरीको माग गरेको थियो । सबै प्रक्रिया पुरा गरि सफल उमेदवारको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ ।