११ माघ २०८२, शनिबार

मेजर राई सहित सात जना पार्टी बाट निष्कासन

कान्छो खवर । शनिबार, माघ ११, २०८२

गाईघाट  १०  माघ  ।

नेपाल कम्युनिस्ट पार्टीले उदयपुर बाट स्वतन्त्र उम्मेद्बारी दर्ता गर्ने मेजर राईलाई पार्टी बाट निष्कासन गरेको छ ।पार्टीको आधिकारिक उमेदवार विरुद्ध बागी उमेदवार दिएका राई सहित अन्य  सात जना नेता कार्यकर्ताहरुलाई पार्टीले सनिवार निष्कासन गरेको हो ।

राईले गाउपालिका अध्यक्ष बाट राजीनामा गरि प्रतिनिधि सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेद्बारी दिएका थिए ।पार्टीले उनलाई उम्मेद्बारी बनाउने चर्चा संगै राईले गाउपालिका अध्यक्ष बाट राजीनामा दिएका थिए ।उनी जिल्लाको लिम्चुङबुङ गाउपालिकाका अध्यक्ष थिए ।

पार्टीको आधिकारिक उमेदवार सुरेश राई विरुद्ध उनले स्वतन्त्र उम्मेद्बारी दिएका थिए । उनलाई पार्टीले उम्मेद्बारी फिर्ता लिन गरेको आग्रह नमाने पछी पार्टी बाट निष्कासन गरिएको हो ।

पार्टीको उमेदवार विरुद्ध बागी उठेको , त्यस्ता उमेदवारको प्रस्ताबक , समर्थक र प्रचारक बनेका पार्टी नेता हरिबोल गजुरेल , महेश्वर दाहाल , कुलप्रसाद केसी , धर्मनाथ साह, राजकुमारी साह र जिबछ साहलाई समेत निष्कासन गरिएको नेकपाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्