कान्छो खवर । शुक्रबार, माघ १०, २०८२
गाईघाट ९ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरमा दुई स्वतन्त्र सहित ३१ जना चुनावी मैदानमा उत्रिएका छन् । माघ ६ गते उम्मेद्बारी मनोनयन पछि शुक्रबार फिर्ता लिने समयमा कसैले उम्मेद्बारी फिर्ता नलिए पछी चुनावी मैदानमा ३१ जना देखिएका छन् ।
प्रमुख सबै दलबाट निर्वाचनको लागि उमेदवार खडा भएका छन् भने केहि साना दल र नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी बाट बिद्रोह गरेर चुनावमा दुई स्वतन्त्र उमेदवार समेतको सहभागिता रहेको छ ।
मुख्य निर्वाचन कार्यालयले आज प्रकाशित गरेको अन्तिम नामावली अनुसार जिल्लामा जम्मा ३१ जना उमेदवार रहेकोे उल्लेख छ । क्षेत्र नम्बर १ मा एक स्वतन्त्र सहित १८ जना र क्षेत्र नम्बर २ मा एक स्वतन्त्र सहित १३ जनाको अन्तिम नामावली प्रकाशित भएको हो ।
प्रतिनिधि सभा निर्वाचनको लागि कुनै पनि दलले महिलालाई उमेदवार बनाएको छैन । स्वतन्त्र र दल बाट सबै उमेदवार पुरुष रहेका छन् ।
लिम्चुङबुङ गाउपालिकाका अध्यक्ष मेजर राईले पार्टीले टिकट दिने आसमा गाउपालिकाको अध्यक्ष पद बाट राजीनामा गरेर तयारी अबस्थामा रहेको भए पनि अन्तिम समयमा उनले टिकट नपाउदा राईले स्वतन्त्र बाट उम्मेद्बारी दर्ता गराएर चुनावी मैदान मै छन् ।
नेकपा माओबादी बाट टिकट पाएर गाउपालिका अध्यक्ष बनेका राईको सट्टा सुरेश राईलाई नेकपाले क्षेत्र नम्बर २ मा उमेदवार बनाएको छ । राईले आफुले बिद्रोह नगरी स्वतन्त्र उमेदवार बनेको बताएका छन् ।
क्षेत्र नम्बर १ मा स्वरोजगार कोषका अध्यक्ष तथा नेकपा एमालेका नेता खोटाङ निबासी कल्याण रोकाले स्वतन्त्र उम्मेद्बारी दिएका छन् । अघिल्लो निर्वाचनमा समेत एमाले बाट रोकाको उदयपुर क्षेत्र नम्बर १ टिकट पाउने चर्चा हुँदा हुदै अन्तिम समयमा उनलाई पार्टीले उमेदवार बनाएन ।यो पटक पनि उमेदवार बन्ने उनको चर्चा थियोे तर फेरि पनि टिकट पाएनन् ।र स्वतन्त्र उम्मेद्बारी दिएका छन् ।
आफनो उम्मेद्बारीलाई रोका पार्टी बाट बिद्रोह गरेको बताउँछन् ।तर एमालेले रोका आफ्नो कार्यकर्ता नरहेको जनाएको छ ।बिगत ३ बर्ष देखि रोकाले सदस्यता नवीकरण नगरेकोले उनि पार्टी संग कुनै आबद्ध नरहेको एमाले उदयपुरले जनाएको छ ।
पार्टी सदस्य नभएको ब्यक्ति कसरी हाम्रो कार्यकर्ता हुन्छ , एमालेका एक नेताले भने। पार्टीको सदस्य नभएकोले उनलाई हामीले उम्मेद्बारी फिर्ता लिन नभनेको ती नेताले भने ।