कान्छो खवर । मंगलबार, माघ ०७, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी उदयपुरमा दुई स्वतन्त्र सहित ३१ जनाको उम्मेद्बारी परेको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको १ नम्बर क्षेत्रमा १८ र २ नम्बर क्षेत्रमा १३ जनाको उम्मेद्बारी परेको हो ।
क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेस बाट बिदुर बस्नेत , नेकपा एमाले बाट दुर्गा थापा ,नेपाल कम्युनिस्ट पार्टी बाट बलदेव चौधरी , रास्ट्रीय स्वतन्त्र पार्टी बाट पारसमणि गेलाल ,रास्ट्रीय प्रजातन्त्र पार्टी बाट सुभाष चन्द्र खड्का ,नेपाल मजदुर किसान पार्टी बाट खड्ग बहादुर खत्री ,नेपाल जनमुक्ति पार्टी बाट गोकर्ण राई, आमजनता पार्टी बाट मनोज कुमार पौडेल ,श्रम सस्कृती पार्टी बाट राजेश कुमार राई ,नागरिक सर्वोच्च पार्टी बाट प्रशान्त राई ,नेपाली जनता दल बाट किशोर कुमार चौधरी ,जनता समाजबादी पार्टी बाट गणेश कुमार राईले उम्मेद्बारी मनोनयन गराएका छन् ।
त्यसै गरि अमृत खत्री नेकपा माओवादी , सुरेस राई संयुक्त नागरिक पार्टी ,तिलक राई रास्ट्रीय जनमोर्चा ,अर्जुन घिसिङले उज्यालो नेपाल पार्टी बाट उम्मेद्बारी मनोनयन दर्ता गराएका छन् ।
त्यसै गरि २ नम्बर क्षेत्रमा नेका बाट रामकुमार राई , एमाले बाट अमर रायमाझी , नेकपा बाट सुरेस कुमार राई ,राप्रपा बाट बिस्णु खड्का ,श्रम सस्कृती पार्टी बाट बलराज राई , नेपाल मजदुर किसान पार्टी बाट पुर्ण बहादुर बुढाथोकी ,मंगोल नेशनल अर्गनाइजेसन पार्टी बाट भाष्कर राई ,रास्ट्रीय परिवर्तन पार्टी बाट अरुण कुमार राई ,आम जनता पार्टी बाट बमबहादुर मगर ,नेकपा माओवादी केन्द्र बाट दुर्गा बहादुर तामाङ ,जनता समाजबादी बाट केशव बहादुर मगर र स्वतन्त्र उमेदवार मेजर कुमार राईले उमेदवार मनोनयन गरेको मुख्य निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।