कान्छो खवर । मंगलबार, माघ ०७, २०८२
गाईघाट ६ माघ ।
रास्ट्रीय स्वतन्त्र पार्टीले उदयपुरको दुबै क्षेत्र बाट आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उमेदवार चयन गरेको छ ।पार्टीले सोमबार सार्वजनिक गरेको सुचि अनुसार क्षेत्र नम्बर १ बाट पारसमणि गेलाल र क्षेत्र नम्बर २ बाट सुर्य लामा उमेदवार रहेका छन् ।
गेलाल केहि समय अघि मात्र पार्टीमा आबद्ध भएका हुन ।पार्टी प्रवेश अघि उनी अध्यापन पेशामा आवद्ध थिए भने लामा लामो समय देखि नै रास्वपाको कार्यकर्ता भएर संगठन निर्माणमा सकृय थिए ।
रास्वपाले क्षेत्र नम्बर १ मा कोसी प्रदेश प्रबक्ता प्रकाश अधिकारीलाई उमेदवार बनाउने तयारी गरेको भए पनि अन्तिम समयमा आएर गेलालको नाममा टिकट दिने निर्णय गरेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्