१५ फाल्गुण २०८२, शुक्रबार

अधेरीमा आइतबार दिउसो भएको ट्रक दुर्घटनामा परि मृत्यु हुने चालक र सहचालकको पहिचान खुल्यो

कान्छो खवर । सोमबार, माघ ०६, २०८२

गाईघाट  ५  माघ  ।

मदन भण्डारी लोकमार्गको अधेरीमा आइतबार दिउसो भएको ट्रक दुर्घटनामा मृत्यु हुने चालक र सहचालकको पहिचान खुलेको छ ।

चालक सर्लाही जिल्लाको परबानीपुर ४ हाल बरहथ्वा नगरपालिका २ बस्ने ४५ बर्षिय रणबहादुर माझी र सहचालक सिन्धुली मरिन गाउपालिका ६ का ४२ बर्षिय जयबहादुर माझी रहेकोे प्रहरीले जनाएको छ ।

कटारी देखि मालसामान बोकेर गाईघाट आउदै गरेको ट्रक दिउसो ३.२० बजेको समयमा  उदयपुरगढी गाउपालिका ७ स्थित अधेरी स्थित मदन भण्डारी लोकमार्गमा आफै अनियंत्रित भै सडक देखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक र सहचालकको घटना स्थल मै मृत्यु भएको थियोे ।

 

यहाँ कमेन्ट गर्नुहोस्