१५ फाल्गुण २०८२, शुक्रबार

अधेरीमा आइतबार दिउसो ट्रक दुर्घटना हुदा चालक र सहचालकको मृत्यु

कान्छो खवर । आइतबार, माघ ०५, २०८२

गाईघाट  ४ माघ ।

मदन भण्डारी लोक मार्ग अन्तरगत नेपालटार – गाईघाट सडक खण्डको अधेरीमा आइतबार दिउसो ३.२० को समयमा भएको  ट्रक दुर्घटना  २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

कटारी  देखि मालसामान बोकेर गाईघाट तर्फ आउदै गरेको बागमती प्रदेश ००१ – ख ०५०५ नम्बरको ट्रक   सडक देखि झन्डै  ५० मिटर तल खस्दा चालक र सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ  । मृतकको पहिचान हुन सकेको छैन ।

दुर्घटना पछि घाइते दुबै जनालाई प्रहरी र स्थानियले उद्घार गरि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा बेलुकी ४.५० बजे उनिहरुलाई चिकित्सकले मृत घोषित गरेको  एसपि राजन चापागाईंले बताए ।

अधेरीमा निकै धेरै दुर्घटना हुने गरेको छ ।सडक घुम्ती र अगाडी अचानक आउने मोडको कारण सो क्षेत्रमा बढी मात्रामा सवारी दुर्घटना हुने गरेकोछ ।

यहाँ कमेन्ट गर्नुहोस्