१५ फाल्गुण २०८२, शुक्रबार

पुर्ब बरिस्ठ हेन्डबल प्रशिक्षक पर्बत गुरुङको उपचारको क्रममा निधन

कान्छो खवर । शनिबार, माघ ०४, २०८२

गाईघाट  ३  माघ  ।

नेपालको पहिलो हेन्डबल प्रशिक्षक पर्बत गुरुङको उपचारको क्रममा सनिवार दिउसो निधन भएको छ ।

गत पौष २४ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गुरुङको बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा दिउसो १.३० बजे उपचारको क्रममा मृत्यु भएको कराते सहायक प्रशिक्षक प्रकाश राम राईले बताए ।

उदयपुरगढी गाउपालिकाले आयोजना गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निर्णायकको भुमिका निर्बाह गरेर फर्कदै गर्दा पौष २४ साझ  त्रियुगा नगरपालिका ८ गहिरुनमा  गुरुङ चडेको मोटरसाइकल दुर्घटनामा परेको थियोे । दुर्घटनामा घाइते उनको जिल्ला अस्पतालमा उपचार पछी थप उपचारकोलागि उनलाई बिराटनगर लगिएको राईले बताए ।

दुर्घटनामा उनको गर्दन मुनीको नसा चेपिएकोले पौष  २५ गते नै  शल्यक्रिया गरिएको राईले बताए ।शल्यक्रिया पछी  आईसियुमा राखिएको   गुरुङलाई बिहीबार मात्र बेडमा सारिएको उनलेे बताए ।

स्वास्थ अबस्था सामान्य रहेकोे गुरुङको आज अचानक निधन भएको उनले बताए  ।रास्ट्रीय खेलकुद परिषदमा बरिस्ठ हेन्ड्बल प्रशिक्षक रहेका ६५ बर्षिय गुरुङले ६ बर्ष अघि उमेरहदको कारण अबकास पाएका थिए  ।

उदयपुरको चौदण्डिगढी २ बेल्टार निबासी गुरुङको शब आइतबार पोस्टमार्ट्म पछी गृह नगर ल्याइने तयारी भैरहेको जिल्ला खेलकुद बिकास समिति उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्