कान्छो खवर । शुक्रबार, माघ ०३, २०८२
गाईघाट २ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
त्रियुगा नगरपालिका १० बोक्सेस्थित खानेपानी डिभिजन कार्यालयमा दिउँसो एक कार्यक्रमको आयोजना गरि बिधिबत रूपमा कार्यालय स्थापना गरिएको हो । उक्त अबसर मुख्य निर्वाचन अधिकृत न्यायाधीश मुकेश उपाध्य ,प्रजिअ सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरि कटारीस्थित कटारी उधोग बाणिज्य संघको भबनमा रहने गरि २ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिएको छ । निर्वाचन अधिकृत लोकबहादुर कटुवालको उपस्थितिमा कार्यालय स्थापना भएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्