०४ माघ २०८२, शनिबार

त्रियुगाको सिरुवानीमा बिहीबार बिहान आगलागी हुदा झन्डै १२ लाख रुपैया बराबरको क्षेति

कान्छो खवर । बिहिबार, माघ ०२, २०८२

गाईघाट  १  माघ  ।

त्रियुगाको सिरुवानीमा  बिहीबार बिहान स्थानिय रामबहादुर बिकको घरमा आगलागी हुदा झन्डै १२ लाख रुपैया क्षेती भएको छ ।

बिहान ३ बजेको समयमा चुल्होमा आगो बाल्ने क्रममा अचानक आगलागी हुदा माटो , ढुङ्गाले बनेको एक तल्ले टिनको छानो भएको घर पुर्ण रूपमा जल्दा घरमा रहेको नगद १ लाख रुपैया , आधा तोला सुनको गहना , खाद्यान्न , लत्ताकपडा , भाडा बर्तन र घर नजिकैको बाख्रा गोठमा रहेको ३५ वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आगलागी बाट ११ लाख ५७ हजार बराबरको क्षेती भएको जनाएको छ ।बिहान् ३ बजे लागेको आगो झन्डै ५. ३० घण्टा पछी ८बजेर ३० मिनेटमा प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्