०४ माघ २०८२, शनिबार

कटारीमा आज देखि त्रीबेणी मेला सुरु

कान्छो खवर । बिहिबार, माघ ०२, २०८२

गाईघाट  १ माघ  ।

उदयपुरको कटारीमा आज देखि त्रीबेणी मेला सुरु भएको छ ।कटारीको खोक्सास्थित उदयपुर र सिन्धुलीको सिमा भएर बग्ने तावा , ककरु र कमला नदिको संगम स्थलमा मकर सङकान्तिको अबसरमा कोशी प्रदेशकै सबैभन्दा लामो समय सम्म लाग्ने मेलामा बिहानै देखि नदिमा भक्तजनहरुले  पुजाआज गर्दै मकर नुहाएका छन् ।

कटारी नगरपालिकाले यो बर्ष पनि मेला संचालनको लागि झन्डै २० लाख रुपैयामा टेन्डर मार्फत ठेक्का लगाएको छ । माओवादी द्वन्द्वको बेला मेला असुरक्षाको कारण केहि बर्ष रोकिएको भए पनि मुलुकमा शान्ति प्रक्रिया सुरु भए पछी  त्रीबेनी मेला निरन्तर लाग्दै आएको छ ।

आफुले गरेको भाकल पुरा भए पछी नदिमा हास , परेका र पाठी पुजा गर्ने परम्परा रहे अनुसार मुलुक भित्र र भारत बाट समेत ठुलो संख्यामा भक्तजनहरु मकर स्नान र भाकल फुकाउन आउने गरेका छन् । २० दिनको मेला अबधि भरी झन्डै १० लाख श्रद्धालु र भक्तजन मेला भर्न र अबलोकन गर्न आउने अनुमान गरिएको छ ।

मेलालाई आकर्षक तुल्याउन विभिन्न खेल , पिङ  र अन्य मनोरंजनको खेल सामाग्री राखिएको आयोजकले जनाएको छ । विभिन्न सामाग्री , होटेल , लत्ताकपडा , खाद्यान्न , राडिपाखी र अन्य सामाग्रीको बिक्रीवितरणको स्टल राखिएको  कटारी नगरपालिकाका कर्मचारी सन्जु दाहालले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्