२८ पुष २०८२, सोमबार

सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुदा चालक सहित दुईको मृत्यु

कान्छो खवर । सोमबार, पुष २८, २०८२

गाईघाट  २८ पौष  ।

पहाडी जिल्ला सोलुखुम्बुमा सोमबार  दिउसो भएको सवारी दुर्घटना चालक सहित दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छ्न।

सोलुको माप्य दुधकोशि गाउपालिका ६ धुरुन्दु नंया पानीस्थित भित्री सडकमा बिएडि ७७४२ नम्बरको बोलेरो गाडी दिउसो सडक देखि झन्डै २ सय मिटर तल खस्दा गाडीका चालक २८ बर्षिय प्रदीप राई र यात्री २८ बर्षीया कुशुम राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुधकोशि ६ वाकु देखि वडा नम्बर ७ बुरोडी तर्फ जादै गरेको उक्त गाडी दिउसो ब्रेक फेल भएर सडक देखि तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटना घाइते भएकाहरुको अस्पतालमा उपचार भैरहेको छ भने मृतक दुबै जनाको शब पोस्ट मार्टमको लागि ल्याइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्