कान्छो खवर । सोमबार, पुष २८, २०८२
गाईघाट २८ पौष ।
करदाता सेवा कार्यालय खारेजी संगै गाईघाट सेवा केन्द्र बाट हुदै आएको सेवा प्रबाह मंगलबार देखि कोष तथा लेखा नियन्त्रण कार्यालय गाईघाट बाट हुने भएको छ ।
करदाता सेवा कार्यालय गाईघाटले आइतबार एक सूचना जारी गर्दै करदातालाई प्रदान गरिने सेवा प्रबाह कोष तथा लेखा नियन्त्रण कार्यालय बाट हुने जानकारी गराएको छ ।
सिराहाको लहान शाखा कार्यालय रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय गाईघाटमा बिगत ६ बर्ष देखि रहेको थियो ।करदातालाई सहज र सरल पुग्ने उदेश्य अनुरुप राजस्व कार्यालयले गाईघाटमा करदाता सेवा केन्द्र खोलेर सेवा प्रबाह गर्दै आएको थियोे ।
नेपाल सरकार मन्त्री परिषदको २०८२ कार्तिक १७ गते मुलुक भरीकै सबै करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरे अनुसार गाईघाट सेवा कार्यालय खारेजीमा परेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्