२८ पुष २०८२, सोमबार

भोलि गाईघाटमा हुने नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश सभा स्थगित

कान्छो खवर । आइतबार, पुष २७, २०८२

गाईघाट  २७  पौष  ।

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको सोमबार हुने जिल्ला स्तरीय एकता सन्देश सभा स्थगित भएको छ ।

जिल्ला सदरमुकाम गाईघाटस्थित पिपल चौकमा दिउसो निर्धारण गरिएको उक्त सभामा प्रमुख अथिती पार्टी संयोजक प्रचण्ड र उपसंयोजक माधबकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम थियोे ।तर  दुबै नेताहरु सोमबारको पार्टी केन्द्रिय बैठकमा सहभागी हुने  भए पछी उदयपुरको सभा स्थगित भएको  हो ।

दुबै जना नेताहरु केन्द्रिय समितिको बैठकमा बस्नुपर्ने भएकोले उदयपुरमा आयोजना गरिएको एकता सन्देश कार्यक्रममा स्थगित गरिएको पार्टी निकट पत्रकार सुखीलाल  चौधरीले बताए ।

अब अर्को तालिका प्रकाशित भए पछी मात्र एकता सन्देश सभा हुने उनले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्