कान्छो खवर । आइतबार, पुष २७, २०८२
गाईघाट २७ पौष ।
नेपाल कम्युनिस्ट पार्टी उदयपुरबाट प्रतिनिधि सभा निर्वाचनको लागि जिल्लाको दुई क्षेत्रको लागि १८ जनाको नाम सिफारिस भएको छ ।
पार्टीको कार्यदलको पौष २५ गते बसेको बैठकले क्षेत्र नम्बर १ मा १० र क्षेत्र नम्बर २ मा ८ गरि १८ जनाको नाम उमेदवारको रूपमा प्रस्ताव गरेको छ । १ नम्बरमा अर्जुन तिमिल्सिना , किरण राई , जगन्नाथ खतिवडा , प्रबेश खड्का , बलदेव चौधरी , विशाल राई , मणि खम्बु राई , मनकुमार राई , रमण भट्टराई र सुरेश राईको नाम प्रतिनिधि सभा निर्वाचनमा उमेदवारको रूपमा प्रस्ताव गरिएको छ ।
त्यसै गरि २ नम्बर क्षेत्र बाट एबिराज राई , जगन्नाथ खतिवडा , बलदेव चौधरी ,भेषकुमारी राउत , मेजर राई , लक्षमण पौडेल , सुरेशकुमार राई र हेमराज दाहालको नाम उमेदवारको रूपमा सिफारिस गरिएको छ ।
नेकपाको तर्फ बाट दिपक बस्नेत र नेकपा एसको तर्फ बाट बिनोदकुमार खडका द्वारा प्रदेश कमिटीलाई लेखेको पत्रमा उक्त प्रस्तावित नाम पठाइएको ब्यहोरा उल्लेख छ ।