कान्छो खवर । शुक्रबार, पुष २५, २०८२
गाईघाट २५ पौष ।
दाउरा काट्ने क्रममा रुखको हागाले लागेर शुक्रबार बिहान बेलटारमा एक महिलाको मृत्यु भएको छ ।
उदयपुरको चौडण्ढीगढी नगरपालिका ७ हाङबजारकि ४२ बर्षीया नमिता राईको मृत्यु भएको हो ।घर देखि केहि पर रहेको बसन्त पन्चमी सामुदायिक बनमा सुकेको रुख ढाल्ने क्रममा रुखको हागा उछिटेर शरीरमा लाग्दा राई गम्भीर रूपमा घाइते भएकोमा नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शब पोस्ट मार्टमको लागि अस्पताल राखिएको र कानुनी प्रक्रिया सुरु गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्