२३ पुष २०८२, बुधबार

कटारी नगरपालिकाका पुर्ब मेयर” काजी ” ग्यानेन्द्र श्रेष्ठको नाम क्षेत्र नम्बर दुईबाट सिफारिस

कान्छो खवर । सोमबार, पुष २१, २०८२

गाईघाट  २१  पौष  ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि नेकपा एमाले उदयपुरले २ नम्बर क्षेत्रको लागि कटारी नगरपालिकाका पुर्ब मेयर ग्यानेन्द्र श्रेष्ठ ” काजी ” सहित सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीले श्रेष्ठ सहित शैलेस लामा , भिमकुमारी राउत ,अमर रायमाझी ,भेषराज थापा , कृष्ण थापा र प्रेम गौतमको नाम सिफारिस गरेको हो ।सिफारिसमा परेका श्रेष्ठ कटारीमा एमालेका प्रभावसाली नेताको रूपमा परिचीत छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी ओलि पक्षघर मानिन्छन् ।

यहाँ कमेन्ट गर्नुहोस्