कान्छो खवर । सोमबार, पुष २१, २०८२
गाईघाट २१ पौष ।
एस .एस फाउन्डेसन काठमाडौले सोमबार उदयपुरको एक बिध्यालयमा झोला वितरण गरेको छ । जिल्लाको बेलका नगरपालिका १ सरस्वती आधारभुत बिध्यालय भालमतीका ९४ जना बिध्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
फाउन्डेसनका संरक्षक एबम राप्रपाका सहकोषाध्यक्ष शोभित उप्रेतीले उपलब्ध गराएको झोला विशेष कार्यक्रम गरेर राप्रपा केन्द्रिय संगठन बिभाग सदस्य गोपि ढकाल र प्रदेश क्षेत्रीय अध्यक्ष गङगा खड्काले वितरण गरेका हुन् ।
झोला वितरण कार्यक्रम संगै अभिभावकहरुलाई श्रीमत भागबत गीता समेत वितरण गरिएको आयोजक समितिलेले जनाएको छ ।सनातन धर्मका अभियन्ता अभिषेक जोशी र सुदर्शन पौडेलले उपलब्ध गराएको १०० थान गिता वितरण गरिएको हो ।
फाउन्डेसनले यश अघि उदयपुरगढी र रौतामाई गाउपालिकाको दुई बिध्यालयमा झोला वितरण गरि सकेको जनाएको छ ।झोला वितरण कार्यक्रममा राप्रपा त्रियुगा नगर अध्यक्ष शिबज्यु ठकुरी , गोपाल रोक्का , जयबहादुर लिम्बु लगायत बिध्यालयका शिक्षक र अभिभावकको उपस्थिति रहेको थियोे ।