२३ पुष २०८२, बुधबार

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु , एकको अबस्था गम्भीर

कान्छो खवर । सोमबार, पुष २१, २०८२

गाईघाट  २१  पौष  ।

त्रियुगा नगरपालिका ७ होक्सेस्थित मदन भण्डारी लोकमार्गमा  भएको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।अन्य दुई जना घाइते भएका छन् ।

होक्से देखि चुहाडे तर्फ आउदै गरेको स १ त २८२५ नम्बरको सिमेन्ट घोल्ने मिक्चर मेसिन जडान भएको ट्याक्टर आइतबार राति ८.३० बजे आफै अनियंत्रित भै ओरालोमा दुर्घटना हुदा सक्त घाइते भएका ट्याक्टरमा सवार त्रिनपा ६ जलजलेका ४३ बर्षिय राजा हुसेन र मोहनपुर बस्ने बर्ष २६ कि आशा सदाको उपचारक्रममा जिल्ला अस्पतालमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना घाइते भएका मोहनपुरका ४० बर्षिया समिद्रा सदाको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ भने अर्का घाइते जलजले बजारका ४५ बर्षिय शम्भु सदा उपचार पछी घर फर्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटना पछी ट्याक्टरका चालक त्रिनपा ६ बगर टोलका ३० बर्षिय बिलेतिया भन्ने मनोज साह फरार रहेकोमा प्रहरीले उनको खोजी जारी राखेको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्