कान्छो खवर । आइतबार, पुष २०, २०८२
गाईघाट २० पौष ।
उदयपुरको बेलका नगरपालिका ३ किरात चौकमा आइतबार बिहान श्रीमानले तरकारी काट्ने धारीलो हतियार चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
बिहान घरायसी विवाद हुदा आपसमा भएको झैझगडा र कुटपिट पछी ३० बर्षिय खगेन्द्र राईले २७ बर्षिया गङगा भन्ने भावनालाई धारिलो हतियारले हानेर हत्या गरेको हो ।बिहान ७ बजेको समयमा भएको उक्त घटना पछी राईले समेत आफ्नो शरीरको छाती पेटमा चक्कु प्रहार गरेक छन् ।
चक्कु पछी दुबै जना गम्भीर रूपमा घाइते भएकोमा बेलका नगरपालिकाको एम्बुलेन्स मार्फत धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा लगिएकोमा भाबनाको उपचारको क्रममा बिहान ९.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनले खगेन्द्रको अबस्था गम्भीर रहेको र बिपि मै उपचार भैरहेको बताए ।
घटना घरायसी रहेकोे उनले बताए । श्रीमान वैदेशिक रोजगारी बाट एक बर्ष अधि आएका रहेछन् । मृतक श्रीमती पनि २५ दिन अधि वैदेशिक रोजगारी बाट नेपाल आएर दिदीको घरम बस्दै आएको कार्कीले बताए ।
दिदी घर बाट दुई दिन अघि मात्र मृतक श्रीमानको घरमा आएको र ३ दिन पछी फेरि बिदेश जान लागेकी थिइन् । मेयर कार्कीले भने ।आज बिहान एक्कासि उनिहरु बिच भनाभन र झैझगडा हुदा उक्त घटना भएको उनले भने । पहिला घर मै झगडा हुदा श्रीमानले चक्कु हान्न थाले पछी भावना ज्यान जोगाउन भागेको र खगेन्द्रले खेददै लगेर केहि पर पुगेर पनि चक्कु प्रहार गरेको स्थानिय गाउलेहरुले बताए ।
प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।