१८ पुष २०८२, शुक्रबार

जंगली हात्तीले गए राती मैनटारमा ५ वटा घर भत्कायो

कान्छो खवर । शुक्रबार, पुष १८, २०८२

गाईघाट  १८   पौष  ।

जंगली हात्तीको समुहले गए राती त्रियुगा नगरपालिकाको बिरालीटार , घ्याम्पे , मादले र मैनटारमा पाच वटा घर भत्काउनुको साथै अन्नपात नस्ट गरेको छ ।

तीन वटाको समुहमा रहेकोे हात्तीले स्थानिय सन्जिब कार्कीको घर भत्काउदा ५० हजार बराबरको क्षेती भएको छ भने जगत अधिकारीको अन्नपात नस्ट गर्दा १० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । हात्तीले तारा सुयलको ४० हजार बराबरको र लालबहादुर राणाको ५० हजार बराबरको क्षेती गरेको हो ।

घर तथा टहरा भत्काउदा सन्तोष दियालीको ८० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हिजो राति मात्र हात्तीको कारण झन्डै २ लाख ७० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

पौष ७ गते देखि नगरपालिकाको विभिन्न गाउहरुमा जंगली हात्तीले विध्वंस मच्चाउदै आएको छ । अहिलेसम्म झन्डै ५ लाख ८० हजार बराबरको क्षेती पुर्याउदा हात्तीले १५ वटा घर टहरा भत्काएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्