१५ पुष २०८२, मंगलबार

जंगली हात्तीले उदयपुरगढीमा घर टहरा भत्कायो

कान्छो खवर । मंगलबार, पुष १५, २०८२

गाईघाट  १५   पौष  ।

जंगली हात्तीको समूहले मंगलबार दिउसो उदयपुरगढीमा स्थानिय बासिन्दाको घर टहरा भत्काएको छ ।जंगलबाट आएको ४ वटा हात्तीले गढी ७ नाङ्ग्राङेका खसबहादुर मगरको घर र भान्सा कोठा भत्काएको प्रहरीले जनाएको छ ।उनको झन्डै १ लाख ५० हजार बराबरको क्षेती भएको छ ।

दिउसो १ बजेको समयमा आएको हात्तीको समूहले सोही ठाउका टेकबहादुर मगरको घर र खाद्यान्न नस्ट गर्दा झन्डै ६१ हजारको क्षेती भएको र नेत्र केप्छाकी मगरको झन्डै ८० हजार बराबरको २०० बोट केरा समेत नस्ट गरेको प्रहरीले जनाएको छ ।हात्तीले २ लाख ९१ हजार बराबरको क्षेती गरेको हो ।

गत पौष ९ गते देखि १५ गते सम्म त्रियुगा नगरपालिकाको ६ , ७ र  उदयपुरगढीको ७ वडामा जंगली हात्तीले घर टहरा भत्काउनुको साथै अन्नपात धनमाल नोक्सानी गर्दा ३ लाख १० हजार बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्