कान्छो खवर । शनिबार, पुष १२, २०८२
गाईघाट १२ पौष ।
प्रहरीले ठुलो परिणाममा गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगर बाट खटिएको सयुक्त प्रहरीको टोलीले सनिवार बिहान चौदण्डिगढी नगरपालिका ३ पैंतालीस चोक बाट ७६३ .७६ केजि गाजा सहित २ जनालाई पक्राउ गरेको हो ।
रामपुर देखि गाईघाट तर्फ आउदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडी चेकजाँचको क्रममा प्लास्टिकको बोरामा प्याक गरेको अबस्थामा उक्त परिणामको गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडीका चालक बेलका नगरपालिका ६ का २३ बर्षिय रबिनकुमार राई र गाडीमा रहेका अर्को ब्यक्ति बेलका ९का २८ बर्षिय रामबहादुर राईलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि राजन चापागाईंले पक्राउ परेको ब्यक्ति र गाडीलाई ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको बताए ।