कान्छो खवर । शुक्रबार, पुष ११, २०८२
गाईघाट ११ पौष ।
जिल्ला डिभिजन बन कार्यालय उदयपुरका कर्मचारीहरुले हात्ती पीडित परिवार सग शुक्रबार छलफल र क्षेतिको अनुगमन गरेका छन् ।
सहायक बन अधिकृत जागेस्वर साहको नेतृत्वमा गएको टोलिले त्रियुगा नगरपालिकाको ५, ६ र ७ वडा पुगेर हात्ती बाट पीडित १२ घर परिवार संग भेटेर छलफल गरेका छन् । हात्तीले भत्काएको घरहरुको समेत अनुगमन गरेर क्षेतिको मुल्यांकन गर्दै उचित क्षेती पुर्ती उपलब्ध गराउने कर्मचारीले आश्वासन दिएको वडा अध्यक्ष उद्घब थापाले बताए ।

गत पौष ७ र ९ गत रातिको समयमा जंगल बाट निस्किएको ३ वटाको समुहमा रहेको जंगली हात्तीले त्रिनपा ५ बेलचौरीमा बिजय सदा , रेबती सदा ,बृहस्पति सदा ,गणेश बहादुर बुढाथोकी ,रुद्र पोख्रेल ,बिष्णु भुजेल र मन कुमारी राईको घर भत्काएको थियोे ।

त्यसै गरि वडा ६ मोहनपुरमा बिन्दा परियार र वडा ७चकलघाटका नर्भदा कार्की ,मानबहादुर बिक , गङगामाया कार्की र राजन कार्कीको हात्तीले घर टहरा भत्काएको प्रहरीले जनाएको छ । झन्डै १ लाख ४० बराबरको धनमाल क्षेती भएको प्रहरीले दिएको विवरणमा उल्लेख छ ।