०८ पुष २०८२, मंगलबार

ताप्ली गदलेका युबा पुर्णको भक्तपुरमा हत्या , हत्या आरोपमा एक कामदार पक्राउ

कान्छो खवर । मंगलबार, पुष ०८, २०८२

गाईघाट  ८   पौष  ।

उदयपुरको ताप्लीका एक युबाको भक्तपुरमा हत्या भएको छ ।निर्माणधिन भबनको भुइँ तल्लामा सोमबार हत्या गरेको अबस्थामा फेला परेको शब ताप्ली गाउपालिका ३ गदलेका ३४ बर्षिय पुर्ण ठकुरी रहेको प्रहरीले जनाएको छ ।

ज्याला मजदुरी गर्न काठमाडौ गएका ठकुरीको कामदार साथी बाटै हत्या भएको प्रहरीले जनाएको छ ।ठकुरीको हत्या अभियोगमा धनकुटाका संजीव याखा पक्राउ परेका छन् ।

हत्या गरिएका ठकुरीको पहिचान नखुले पछी सामाजिक सन्जाल मार्फत आफन्तले शबको पहिचान गरेका थिए । ठकुरीको आफन्त अहिले हत्यारालाई  कानुनी कारबाही गर्न र क्षेतिपुर्ति मागको लागि काठमाडौ लागेको ताप्ली गाउपालिकाका उपाध्यक्ष धनम मगरले बताइन् ।

मृतकको शब पोस्ट मार्टमको लागि  भक्तपुरस्थित केमसी अस्प,राखिएको उनले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्