कान्छो खवर । सोमबार, पुष ०७, २०८२
गाईघाट ७ पौष ।
लागूऔषध मुद्दामा सजाय पाएका फरार अभियुक्त पक्राउ परेका छन् ।कटारी नगरपालिका ४ का ४० बर्षिय अर्जुन राई आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
अदालतले राईलाई लागूऔषध मुद्दामा १ बर्ष कैद र१० हजार रुपैया जरिवानाको फैसला गरेको हो ।जिल्ला अदालत उदयपुरको फैसला पछी राई फरार थिए । राईलाई सिम्ले बाट पक्राउ गरिएको हो ।
लागूऔषध ओसारपसारमा संलग्नमा रहेका राई प्रहरी खोजको सुचीमा थिए ।राईलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मार्फत उदयपुर कारागार सोमबार चलान गरिएको एसपि राजन चापागाईंले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्