कान्छो खवर । सोमबार, पुष ०७, २०८२
गाईघाट ७ पौष ।
त्रियुगा नगरपालिकाका वडा सदस्यहरुले आफुहरुले राखेको माग सम्बोधन नभए सोमबारको १७ औ नगर सभामा उपस्थित नभएर बहिष्कार गर्न चेतावनी दिएका छन् ।
मंसिर १५ गते भएको नगरपालिकाको नंया प्रशासनिक भबन उद्घाटन कार्यक्रममा राखिएको शिलालेखमा नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको मात्र नाम राखिएको तर जनता द्वारा निर्बाचित वडा सदस्यहरुको नाम नराखिएको हुदा तत्काल आफुहरुको पनि नाम शिलालेखमा राख्न आग्रह गर्दै सोमबार नगर प्रमुखलाई माग पत्र बुझाएका छन् ।
सबै सदस्यहरुले हस्ताक्षर गरेको उक्त माग पत्रमा माग पूरा नभए नगर सभामा उपस्थिति नभएर कार्यक्रम बहिष्कार गरिने चेतावनी दिएका छन् ।नगर प्रमुख बसन्त बस्नेतलाई बुझाएको माग पत्रमा हरेक नगर सभाहरुमा कुनै कानुन र बजेट पेश गर्दा कम्तीमा ५ दिन अगाडि नगर सभा सदस्यहरुलाई अध्यनको लागि पठाउनु पर्ने उल्लेख छ ।