कान्छो खवर । शनिबार, पुष ०५, २०८२
गाईघाट ५ पौष ।
भाईको हत्या गरेर फरार रहेका दाजु झन्डै १३ घन्टा पछी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १ जोगिदह हाटखोलाका ४३ बर्षिय युबराज राई त्रिनपा ४ बगाह सालघारी बाट सनिवार साझ ६.३० बजे पक्राउ परेका हुन् ।
राईले आफनै भाइ ३० बर्षिय धर्मराज राईको खुकुरी प्रहार गरेर सनिवार बिहान २ बजे घरमै हत्या गरेका थिए ।आमालाई कुटपिट गरेको देखेर सम्झाउने क्रममा दुबै दाजुभाइ बिच भएको झगडामा दाइ युबराजले गरेको खुकुरी प्रहार बाट गम्भीर रूपमा घाइते भएका भाइ धर्मराजको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा बिहान २.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटना पछी फरार रहेका राईको खोजीमा व्यापक रूपमा परिचालन भएको प्रहरीले अभियुक्त राईको ससुराली गाउँ बाट उनलाई पक्राउ गर्न सफल भएको एसपि राजन चापागाईंले बताए ।
उनले घटनाको अनुसन्धान भैरहेको बताए ।