०५ पुष २०८२, शनिबार

फरार दुई प्रतिबादी पक्राउ , फैसला कार्यान्वयनकोलागि जेल चलान

कान्छो खवर । शनिबार, पुष ०५, २०८२

गाईघाट  ५  पौष ।

प्रहरीले  शुक्रबार दिउसो कटारी देखि दुई जना फरार प्रतिबादी पक्राउ गरेको छ । चेक अनादर र सवारी अंगभङ मुद्दामा सजाय पाएर फरार प्रतिबादीहरु पक्राउ परेका हुन ।

चेक अनादर मुद्दामा २ हजार रुपैया जरिवाना भएका  कटारी नगरपालिका  ४ का ४६ बर्षिय रामकुमार दनुवार र सवारी ज्यान अंगभङ मुद्दामा ५ हजार रुपैया जरिवाना तोकिएका कटारी नपा २ कल्याणपुरका ५१ बर्षिय प्रेमबहादुर बिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

अदालत बाट सजाय पाए पनि उनिहरु फरार रहेका थिए । प्रहरीले शुक्रबार दिउसो नै सजाय कार्यान्वयनकोलागि उनिहरुलाई जिल्ला अदालत उदयपुर मार्फत कारागार पठाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्