०४ पुष २०८२, शुक्रबार

ब्राउन सुगर सहित बसका सहचालक पक्राउ

कान्छो खवर । शुक्रबार, पुष ०४, २०८२

गाईघाट  ४  पौष  ।

प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।मदन भण्डारी लोकमार्गमा प्रहरीले शुक्रबार साझ एक यात्रुबाहक बसका सहचालकलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

बिराटनगर देखि कटारी तर्फ जादै गरेको  प्र १ -०२ -००२ ख ००६७ नम्बरको बस चेकजाँचको क्रममा उक्त गाडीका सहचालक त्रियुगा नगरपालिका ७ कालीखोला बस्ने बर्ष २२ का रेमन मग्राती १०० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

राती  ७.४० बजेको समयमा ईलाका प्रहरी कार्यालय रामपुर बाट खटिएका प्रहरी टोलिले मग्रातीले लुकाएर ल्याउदै गरेको अबस्थामा ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका मग्रातीलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्