कान्छो खवर । बुधबार, पुष ०२, २०८२
गाईघाट २ पौष ।
जिल्ला अस्पतालमा कार्यरत तीन जना विशेषज्ञ चिकित्सकको सरुवा भएको छ ।लामो समय देखि कार्यरत बालरोग विशेषज्ञ डाक्टर राम सुफल राम ,अर्थोपेडिक डा.सुमन महर्जन र मेडिकल अधिकृत डा अम्बिका सिहको सरुवा भएको हो ।
उनिहरु तिनै जनाएको केही समय जिल्ला बाहिर सरुवा भएकोमा मंगल जिल्ला अस्पताल उदयपुरले तिनै जना चिकित्सकलाई बिदाइ गरेको हो ।जिल्ला अस्पताल बाट विशेषज्ञ चिकित्सकहरुको सरुवा पछी अब अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुने भएको छ ।
अस्पताल बाट केहि महिना अगाडि पनि केहि चिकित्सक सरुवा भएर अन्यत्र गए पछि अस्पतालमा जनशक्ति कम हुदा बिरामीले पाउदै आएको सेवा सुबिधा खस्कदै गएको थियोे ।अब एकैपटक तीन जना चिकित्सकको सरुवाले अस्पता बाट हुदै आएको सेवा प्रभावित हुने भएको छ ।
लामो समय पछी प्रभाकारी सेवा सुबिधा दिन थालेको अस्पतालमामा अब भने विशेषज्ञ चिकित्सकको सरुवाले अस्पतालको सेवा सुबिधामा असर पर्न जाने अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् ।